राजनीति


४ घन्टादेखि प्रधानन्यायाधीशको चेम्बरमा संवैधानिक इजलासका न्यायाधीशहरू

४ घन्टादेखि प्रधानन्यायाधीशको चेम्बरमा संवैधानिक इजलासका न्यायाधीशहरू

नेपालखबर
जेठ २८, २०८२ बुधबार १४:४३, काठमाडौँ

संवैधानिक नियुक्तिको विवादमा निर्णय सुनाउन सर्वोच्च अदालतले आज बुधबारलाई पेसी तोकेको छ। निर्णय सुनाउनुअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित ५ जना न्यायाधीशहरू छलफल गरिरहेका छन्। 

प्रधानन्यायाधीश राउतको चेम्बरमा बिहान ११ बजेदेखि सुरु भएको छलफल अझै जारी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित ५२ जनाको नियुक्ति बदर गर्न माग गरिएको रिटमा यसअघि नै बहस सकिएर आजलाई निसु तोकिएको थियो।  

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छलफलमा जुटेका हुन्। 

बिहान गोला प्रक्रिया सकेर इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश राउतले संवैधानिक नियुक्ति विवादका कागजात झिकाएका थिए।  आज सर्वोच्च अदालतमा ३ वटा संवैधानिक इजलास गठन भएका छन्। 

तीमध्ये एउटा इजलासमा संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउने तोकिएको छ भने अर्को इजलासमा कोसी प्रदेशका कर्मचारीहरूको विवादमा निर्णय सुनाउने भनिएको छ।

अर्को संवैधानिक इजलासमा भने नियमित प्रकृतिका मुद्दाहरू छन्। संवैधानिक नियुक्ति विवाद हेरिरहेको इजलासमा भएका केही न्यायाधीश अर्को इजलासमा छैनन्।

कोसी प्रदेशका कर्मचारीको विवादमा निर्णय सुनाउने र नियमित प्रकृतिका मुद्दा हेर्ने इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad