सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले सिजाङ (तिब्बत) को ल्हासामा २०८२ असार २ गतेदेखि ६ गतेसम्म आयोजना हुने नेपाल–चीन सिजाङ व्यापार सहजीकरण समितिको १३औँ बैठकको छलफलका एजेन्डा स्वीकृत गर्ने निर्णय गरेको छ।
यस बैठकमा सहभागी हुने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट वडा नम्बर ८ लुभु देविस्थानमा सार्ने निर्णय पनि गरेको छ।
हेर्नुहोस् मन्त्रिपरिषद्का ११ निर्णयः
Shares

प्रतिक्रिया