सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८१/०८२ बजेटप्रति आफूलाई पनि चित्त नबुझेको बताएका छन्। काठमाडौँमा आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा देउवाले बजेटको विषयमा पार्टीलाई र आफूलाई चित्त नबुझेको बताएका हुन्।
'बजेट हामीलाई चित्त बुझेकै छैन। पार्टीलाई बुझेको छैन,' उनले भने, 'तर पनि योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छन् यसैअनुसार लिनुपर्छ भन्ने लाग्छ।'
त्यस्तै उनले नेपालको आयात भारतको भरमा टिकेको बताएका छन्। ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो। हाम्रो पार्टीले सहयोग गर्छ' उनले भने।
उनले उद्योगी र व्यापारीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए।
Shares

प्रतिक्रिया