सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा सुजन कडरियाको नाम प्रस्ताव गरिएको छ।
जारी बन्द सत्रमा अध्यक्ष मण्डलले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको बन्दसत्रमा सहभागी एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
उनीहरूको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टहरूले भने केहीबेर नाराबाजी गरेका थिए। असन्तुष्टहरूले निर्वाचनमा जानुपर्छ भनिरहेको भए पनि अध्यक्ष मण्डलले भने सहमतिको प्रयास भइरहेको बताएको छ।
एमाले अध्यक्ष केपी ओलीले पनि अध्यक्ष मण्डल र अखिलका शीर्ष नेतालाई बालुवाटारमै बोलाएर सहमतिमा टुंग्याउन निर्देशन दिएका थिए।
2.0k
Shares

प्रतिक्रिया