राजनीति


पूँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहमा छ, अनुदान घटाउनु हुँदैन : निधि

पूँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहमा छ, अनुदान घटाउनु हुँदैन :  निधि

नेपालखबर
जेठ २६, २०८२ सोमबार १९:१२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पूँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहमा भएको बताएका छन्।

सोमबार नेपाली कांग्रेस नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय सरकारको तुलनामा प्रदेश र स्थानीय तहका सरकारसँग पूँजीगत खर्च गर्ने क्षमता भएको टिप्पणी गरेका हुन्।

‘पूँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहलाई छ,’ निधिले भने, ‘संघीय सरकार भन्दा प्रदेश सरकारहरुसँग पूँजीगत खर्च गर्ने क्षमता छ। स्थानीय तहसँगपनि पूँजीगत खर्च गर्ने क्षमता छ। त्यसको अनुदान रोक्नु हुँदैन, घटाउनु हुँदैन, बढाउनुपर्छ। 

टोल र वडादेखि संघसम्मका विकास आफैँ गर्छु भन्नेतर्फ नलागी प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाउनेतर्फ संघीय सरकार लाग्नुपर्नेमा समेत उनले जोड दिए।

‘संघीय सरकारले विकास पनि आफै गर्ने र समृद्ध नेपाल पनि केन्द्रले बनाइदिने, सुखी नेपाली पनि केन्द्रले नै बनाइदिने भन्नु गलत हुन्छ,’ निधिले भने, ‘त्यसकारण प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाउनुपर्छ। प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कुरामा राजनीतिक अधिकारहरु दिनुपर्नेछ जुन बाँकी नै छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad