हङकङका अधिकारीहरूले अमेरिकामा यात्रा गर्दा सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिन आफ्ना नागरिकलाई आह्वान गरेका छन्।
लस एन्जलसमा चलिरहेको आप्रवासनसम्बन्धी विरोध प्रदर्शनलाई मध्यनजर गर्दै अधिकारीहरूले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्।
‘सरकारले संयुक्त राज्य अमेरिका यात्रा गर्ने योजना बनाइरहेका वा पहिले नै त्यहाँ रहेका हङकङवासीलाई स्थानीय परिस्थितिको बारेमा सचेत रहन, सतर्कता बढाउन, आफ्नो सुरक्षालाई प्राथमिकता दिन, भीडभाड भएका क्षेत्रबाट बच्न र पछिल्लो घटनाक्रमको बारेमा स्थानीय घोषणामा ध्यान दिन सम्झाउँछ,’ सरकारी प्रवक्ताले सोमबार भनेका छन्।
साथै, अमेरिकामा रहेका हङकङका बासिन्दालाई अध्यागमन विभागद्वारा सञ्चालित २४-घण्टे हटलाइन (८५२) १८६८ मा कल गर्न वा यसको मोबाइल एपमार्फत विभागलाई सम्पर्क गर्न पनि सरकारले सम्झाएको छ।क
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले गत शुक्रबार देशको दोस्रो ठूलो सहर लस एन्जलस, क्यालिफोर्नियामा अवैध आप्रवासीलाई लक्षित गर्दै अभियान सुरु गरेका थिए। जसले गर्दा स्थानीय बासिन्दाले तीन दिनसम्म प्रदर्शन गरेका थिए। प्रदशर्नका क्रममा प्रदर्शनकारी र कानुन प्रवर्तन अधिकारीहरूबीच झडप समेत भएको थियो।
Shares

प्रतिक्रिया