राजनीति


राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

नेपालखबर
जेठ २६, २०८२ सोमबार १४:३५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। आज सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।  


भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको दाबीसहित उनले गृहमन्त्रीले नैतिकता र इमान्दारितामा शंका नभए मार्गप्रशस्त गर्न आग्रह गरे। 

उनले भने, 'भिजिट भिसालाई हामीले छोड्न चाहन्थ्यौँ। तर, यो भिजिट भिसाले हामीलाई छोडेन। त्यसैले हामीले यसलाई पकडिरहेका छौँ।'

उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको बताए।  उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी गृहमन्त्रीले नै पठाएका कर्मचारीहरू भएको भन्दै उनले राजीनामा दिनु उपयुक्त हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad