राजनीति


आज प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ: सभामुख

आज प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ: सभामुख

नेपालखबर
जेठ २६, २०८२ सोमबार १३:१३, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साेमबार दिउँसाे बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन्।
 
काठमाडाैँमा ‘पवर्वतीय पर्यटन हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन्।

‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ।’
 
बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्‍याएर छलफल गरिने जानकारी दिँदै उनले भने, ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ।’
 

सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad