राजनीति


समझदारीको भाषा टुंगिएपछि सदन चल्छ: प्रचण्ड (भिडिओ)

समझदारीको भाषा टुंगिएपछि सदन चल्छ: प्रचण्ड (भिडिओ)

नेपालखबर
जेठ २५, २०८२ आइतबार १८:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतसँगको छलफलपछि प्रचण्डले सत्तापक्ष र प्रतिपक्षीबीच समझदारी पत्रमा कस्तो भाषा हुने भन्नेबारे छलफल भइरहेको बताएका हुन्।  

'समझदारी र सहमतिको भाषा टुंग्याउनेबारे छलफल भएको छ,' उनले भने, 'समझदारीको भाषा टुंगिएपछि सदन चल्छ।'
 
प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको र उक्त कुराकानी सदन खुलाउनेमा केन्द्रित भएको बताए। 

'हिजो सभापतिजीसँगको छलफलमा रचनात्मक र सकारात्मक कुरा भयो,' माओवादी लचक भएको हो भन्ने प्रश्नमा उनले थपे, 'सबै लचिलो बन्नुपर्छ माओवादी मात्रै भएर हुँदैन, सबै हुनुपर्छ। सभापतिसँग कुरा गर्दा सबैतिर लचिलो भएको देखिन्छ।'

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै प्रतिपक्षी दलले छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad