राजनीति


१५ वर्ष नेता भए, अनि त्यही पार्टीलाई खरानी बनाइदिन्छु भनेर गए : ओली

१५ वर्ष नेता भए, अनि त्यही पार्टीलाई खरानी बनाइदिन्छु भनेर गए : ओली

नेपालखबर
जेठ २५, २०८२ आइतबार १६:४०, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति संकेत गर्दै १५ वर्ष नेतृत्व गरेको पार्टीलाई खरानी बनाइदिन्छु भनेको बताएका छन्।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले त्यत्रो वर्ष पार्टीमा बसेर पनि वैरभाव राखेको आरोप लगाए।  

‘त्यही पार्टीमा १४, १५ वर्ष नेता भए,’ ओलीको भनाइ छ, ‘अनि त्यही पार्टीलाई खरानी बनाइदिनुन्छ। यसलाई माटो बनाएर छोडिदिन्छु। यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु। टर्च बालेर खोज्दा पनि नभेटिन् बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव हो? त्यत्रो तीन दशक पार्टी नेतृत्व गरेकाहरु एक ठाउँ भेला भएर त्यही पार्टी सिध्याउँछु भन्छन्।’

उनले थपे, ‘कसका लागि त्यो गरेको? के का लागि त्यो गरेको?’ 

तर, आफूलाई १५ वर्ष पार्टीभित्र गतिविधि गर्न नदिएको भन्दै त्यस्तो बेला पनि केही गुनासो नगरेको उल्लेख गरे। ‘१५ वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने,’ ओलीले भने, ‘मैले स्थापना गरेको युवा संघमा १० वर्ष मैले पाइलो टेक्न पाइनँ। तर, मैले कुनै गुनासो गरिनँ। कुनै पनि बोलिनँ। कहिले पनि केही पनि बोलिनँ।’

उनले थपे, ‘मैले राजनीतिक कुरा मात्रै गरेँ, पार्टीका कुरा मात्रै गरेँ। पार्टीका पक्षमा मात्रै बोलिरहेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad