राजनीति


कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए कर्मचारी

कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए कर्मचारी

नेपालखबर
जेठ २५, २०८२ आइतबार १५:१३, काठमाडौँ

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूले देशभरि कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले गरेको छ।  

संघीय निजामती ऐनको वर्तमान मस्यौदामा कर्मचारीहरूको वृत्ति विकासमा अवरोध पुग्ने प्रावधानहरू रहेको भन्दै कर्मचारी संगठनहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार, ऐनमा सीमित स्वार्थ समूहको प्रभाव बढ्दा आमकर्मचारीका हितविपरीत व्यवस्थाहरू समेटिने खतरा बढेको आरोप लगाएका छन्। 

अतिरिक्त सचिव पदको अवधि नतोकिएको विषयप्रति कर्मचारीहरू असन्तुष्ट छन्। संयुक्त आन्दोलन निर्देशन समितिको आह्वानमा सुरु भएको आन्दोलनलाई थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिइएको छ। 

समितिमा नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आबद्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad