आईसीसी लिग-२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल पहिले फिल्डिङमा उत्रिने भएको हो।
यसअघिका दुवै खेलमा पनि नेपालले पहिले फिल्डिङ नै गरेको थियो। पहिलो खेलमा स्कटल्याण्डले दिएको कीर्तिमानी २९७ रनको लक्ष्य नेपालले पूरा गरेको थियो।
त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डस्ले दिएको २२६ को लक्ष्य नेपालले पूरा गरेको थियो।
नेपालले स्कटलेयाण्डविरुद्धको दोस्रो खेलमा नेदल्याण्डस्विरुद्ध उत्रिएकै टोलीलाई निरन्तरता दिएको छ। पहिलो खेलमा ललित राजवंशीको स्थानमा रिजन ढकाललाई खेलाए पनि आज ललित नै टिममा छन्।
324
Shares

प्रतिक्रिया