राजनीति


कांग्रेस महाधिवेशन नभएकामा असन्तुष्ट शेखरले भने: नेतालाई प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुन्

कांग्रेस महाधिवेशन नभएकामा असन्तुष्ट शेखरले भने: नेतालाई प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुन्

नेपालखबर
जेठ २४, २०८२ शनिबार १३:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन किन अहिलेसम्म गर्न नसकेको भनेर पार्टीका पदाधिकारीसँग सोधेका छन्। 

शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन किन रोकियो भनी प्रश्न गरेक हुन्। 

‘नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ। केले रोक्यो यसपटक? किन रोकिँदै छ? यसको जवाफ पदाधिकारीले दिने कि नदिने भन्ने हाम्रो प्रश्न छ। यो ठूलो प्रश्न छ’, उनले भने, ‘केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन? सक्दैन? मंसिरमा हुनुपर्ने हो नि। ४ वर्षमा हुन सकेन भने तापनि भनेर एउटा वाक्यमा भनिदिएको छ- एक वर्ष थप्न सक्ने। तपाईंहरूले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर। किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त!’

उनले चार/चार वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै सधैँ यसरी पार्टी चलाउने हो भने भविष्यमा कांग्रेस कमजोर बन्ने चेतावनी पनि दिए। 

‘समयमा अधिवेशन हुनुपर्छ। त्यो समय भनेको ४ वर्ष हो। सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ। अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छौँ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर? लार्जेस्ट पार्टी भइसकेपछि ढाई वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ‘, कोइरालाले थपे, ‘नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन्। तपाईंहरू कसैको दास होइन। यो कुरा गम्भीरतापूर्वक बुझ्नुस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad