अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि इलोन मस्कको कम्पनी टेस्लासँग किने कार बेच्ने सोचमा पुगेका छन्।
मस्कसँगै द्वन्द्व बढ्दै गएका बेला ट्रम्प रातो टेस्ला कार बेच्ने विचारमा पुगेका हुन्।
बीबीसीको साझेदार सीबीएसले उक्त समाचार दिएको हो।
तीन महिनाअघि मात्र ट्रम्पले मिडियाका अगाडि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार देखाएका थिए।
तर सरकारी दक्षता विभाग (डज) बाट बाहिरिएलगत्तै मस्कले ट्रम्पको खर्च विधेयकको विरोध गरेपछि ट्रम्प रिसाएका छन्।
ट्रम्पले त्यस विधेयकमा विद्युतीय सवारीसाधनमा कर छुट अन्त्यको व्यवस्था भएको र त्यसले टेस्लालाई नोक्सान पुर्याउन सक्ने भएकाले मस्क विरोधमा उत्रिएको आरोप लगाएका छन्।
1.2k
Shares

प्रतिक्रिया