राजनीति


तरुण दल केन्द्रीय समिति भंगको माग गर्दै मोटरसाइकल र्‍याली, पार्टी कार्यालयमा प्रहरी परिचालन

तरुण दल केन्द्रीय समिति भंगको माग गर्दै मोटरसाइकल र्‍याली, पार्टी कार्यालयमा प्रहरी परिचालन

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:२७, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समितिले महाधिवेशन गराउन नसक्ने भन्दै भंग गरी नयाँ समिति गठनको प्रक्रिया सुरु गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समितिले महाधिवेशन गराउन नसक्ने भन्दै तरुण दलकै अर्कै समूहले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको हो। 

केन्द्रीय सदस्यहरू रोजन राई, सरोज न्यौपानेसहितको टोलीले नाराबाजीसहित प्रदर्शन गर्दै अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेको बताएका छन्। २०७८ चैत ९ गते सभापति देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए। तरुण दलमा ४०१ केन्द्रीय समिति छ। 

उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन पनि राखेका थिए। तर उनीहरूलाई प्रवेश गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्न खोजेका असन्तुष्ट तरुण दलका नेता कार्यकर्तालाई प्रहरीले रोकेको छ। 
 
कांग्रेसमा समयमै अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि एकपटक थप्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad