राजनीति


भिजिट भिसा प्रकरण: विपक्षी दलले कांग्रेस सभापति देउवासँग छलफल गर्ने

भिजिट भिसा प्रकरण: विपक्षी दलले कांग्रेस सभापति देउवासँग छलफल गर्ने

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १५:३३, काठमाडौँ

संसद्‌मा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्।

शुक्रबार बानेश्वरस्थित संसद भवनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको अवरोध हटाउन देउवासँग कुरा गर्ने बताएका हुन्।

‘छानबीन मुख्य कुरा हो, सरकारबाट भरपर्दाे प्रतिबद्धता आयो भने यो विषयलाई सकारात्मक ढंगले लिन सकिन्छ भन्ने प्रतिपक्षहरूको कुरा भयो,’ उनले भने, ‘प्रतिपक्षको तर्फबाट नेपाली कांग्रेसका सभापतिसँग कुरा गर्न उचित हुन्छ अहिलेका राजनीतिक विषयलगायत समसामयिक राजनीतिक विषयमा भन्ने भयो। भरखरै सत्तापक्षका, खासगरी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्याम घिमिरेसँग, आज चाहिँ सदन नचलाउने। आज सूचना टाँसेर जाने भन्ने समझदारी भयो। मलाई लाग्छ एकदुईदिनमा यो विषयमा सकारात्मक ल्यान्डिङ हुन्छ।'
 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै विपक्षीले प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध गर्दै आइरहेका छन्। विपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् भने सत्तापक्ष तयार भएका छैनन्।  

उनले छानबिन समिति गठन पूर्वन्यायाधीश या कसैको नेतृत्वमा बनाउनुपर्ने लगायतबारे कुरा भए पनि सहमति नभएको बताए। 

'अहिले संसदीय छानबिन समिति बनाएर जाने, या पूर्वन्यायाधीश कसैको नेतृत्वमा न्यायिक समिति बनाएर छानबिन गर्ने, या अर्काे के गर्ने भन्नेमा सहमति भएको छैन,' उनले भने । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad