राजनीति


कोरोना रोकथामबारे प्रधानमन्त्री ओलीले अहिले ११ बजे सम्बाेधन गर्दै

कोरोना रोकथामबारे प्रधानमन्त्री ओलीले अहिले ११ बजे सम्बाेधन गर्दै

नेपालखबर
चैत २५, २०७६ मंगलबार २:३३,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबारे आज (मंगलबार ) बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सररकाले गरिरहेका काम तथा तयारीका विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले अहिले (मंगलबार) बिहान ११ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीकाे सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले अहिलेसम्म गरेका तयारी र कार्यायोजनाबारे जानकारी गराउने बताइएको छ।

हिजो सोमबार मात्र मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि तेस्रोपटक थप गरेर वैशाख ३ गतेसम्म लम्ब्याएको छ।

सुरुमा चैत ११ देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको सरकारले दोस्रो पटक यसको म्याद थपेर चैत २५ गतेसम्म पुर्‍याएकाे थियो भने सोमबार पुनः थप गरेर यसकाे अविध वैशाख ३ सम्म लम्ब्याइएकाे हाे। 

अहिलेसम्म नेपालमा ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छ।

कोरोना आशंकामा उपचार गरिएका तीन/चार जनाको मृत्यु भइसकेको भए तापनि मृत्युपछि आएको तिनको स्वाब परीक्षणको रिपोर्टले कोरोना भाइरस नरहेको देखाएको छ।

पुनः पछिल्लोपटक साेमबार राति कपिलवस्तु अस्पतालमा कोरोना आशंका गरिएका एक बिरामीको मृत्यु भएको छ। उनको रिपोर्ट भने आउन बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad