छापा खबर


क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने एप्स सञ्चालनमा

क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने एप्स सञ्चालनमा

नेपालखबर
चैत २५, २०७६ मंगलबार २:३१,

सरकारले क्वारेन्टाइनबाट भाग्ने व्यक्तिबारे तत्काल सूचना पाइने गरी एप्स प्रयोगमा ल्याएको छ।

गृह मन्त्रालयले सोमबारबाट कोरोना संक्रमणको सम्भावना भएर क्वारेन्टाइनमा बसेका व्यक्ति भागे प्रहरी र सम्बन्धित तहमा तत्कालन जानकारी हुने गरी ‘कोभिड १९ साथी एप’ सञ्चालनमा आएको खबर आजको राजधानी दैनिकले छापेको छ।

गृहमन्त्री रामबहादुर थापाले विपदविरुद्ध विजय प्राप्त गर्न मोवाइल एपबाट गरिने अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सो एपले हालको अवस्थामा मात्रै नभएर भविष्यमा सूचना केन्द्रीत गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए।

सो एपमा व्यक्तिको अनुहार पहिचान गर्न सक्ने जियो फेन्सिङ जडान गरिएको छ।

सो प्रविधिमार्फत व्यक्तिको अनुहार पहिचान हुने छ। यस्तै व्यक्तिको फोटो र फोन नम्बरसमेत सो एपले राख्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad