राजनीति


मुलुकका सबै समस्या समाधान गर्न कांग्रेस सक्षम छ: शेरबहादुर देउवा

मुलुकका सबै समस्या समाधान गर्न कांग्रेस सक्षम छ: शेरबहादुर देउवा

नेपालखबर
जेठ २१, २०८२ बुधबार १९:५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै समस्याको समाधान गर्न कांग्रेस सक्षम रहेको बताएका छन्। 

बुधबार पार्टीको दलित समुदाय समन्वय र सशक्तिकरण विभागले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले देशका सबै समस्याको सही पहिचान गर्दै समाधान गर्न कांग्रेस सक्षम रहेको र सधैँ अग्रसर रहँदै आएको बताएका हुन्। 

सभापति देउवाले जातीय भेदभाव गर्ने व्यक्तिलाई कांग्रेसको सदस्य नरहने व्यवस्था वधिानमै रहेको बताए। ‘जातीय भेदभाव गर्ने व्यक्ति हाम्रो पार्टीको सदस्य नरहने व्यवस्था विधानमै गरेका छौँ। यसको कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई अनुरोध गर्दछु,’ उनले भने। 

सभापति देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचनाहरू समावेशी हुन नसक्ने बताए।

‘दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचनाहरू समावेशी हुन सक्दैनन् भन्ने हाम्रो गहिरो बुझाइकै कारण मेरो नेतृत्वमा पार्टीले कर्णाली, दलित, महिला, जनजाति र मधेशीलाई पार्टीका सबै तहमा अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था गरेको थियो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad