नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताएका छन्।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गृहमन्त्रीको राजीनामाको विषय मात्र नभई सुशासनको विषय भएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत केही कर्मचारीहरू विरुद्ध अनुसन्धान अघि बढाएको छ।
237
Shares

प्रतिक्रिया