राजनीति


मोदीको गलत नीतिका कारण नेपाल चीनसँग नजिकियो: पवन खेरा (भिडिओ)

‘नेपालमा जुन भारतविरोधी भावना छ, १० वर्षअघि थिएन’
मोदीको गलत नीतिका कारण नेपाल चीनसँग नजिकियो: पवन खेरा (भिडिओ)

भारतीय राष्ट्रिय कंग्रेसका प्रवक्ता पवन खेरा


नेपालखबर
जेठ २१, २०८२ बुधबार १७:५०, काठमाडौँ

भारतीय राष्ट्रिय कंग्रेसका प्रवक्ता पवन खेराले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘आत्मसमर्पणवादी नीति’का कारण नेपालमा भारतविरोधी भावना बढ्दै गएको आरोप लगाएका छन्। 

बुधबार एआईसीसी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खेराले भाजपा सरकारको गलत नीतिका कारण नेपाल भारतसँग टाढिँदै गएको दाबी गरेका हुन्। 

‘नेपालमा जुन एन्टी इन्डिया सेन्टिमेन्ट (भारतविरोधी भावना) छ, १० वर्षअघि थिएन। नेपालमा त्यति ठूलो भूकम्प आयो, त्यतिबेला भारतले त्यहाँ धेरै सहयोग गर्‍यो’, उनले भनेका छन्, ‘तर आज नेपाल चीनसँग यति नजिकिएको छ, यो आत्मसमर्पण नीति नभएर के हो?’

सुन्नुहोस् भिडिओ-

भारतीय कंग्रेस प्रवक्ता खेराले भाजपा नेतृत्वको सरकारले बारम्बार भारतको राष्ट्रिय हितलाई त्यागेको आरोप लगाउँदै आवश्यक ‘दक्षता र विश्वगुरु’ स्थिति देखाउन नसकेको जिकिर गरे। 

उनले भने, ‘त्यसैले भनिन्छ- नाम नरेन्दर, काम सरेन्डर (आत्मसमर्पण)।’

थप भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad