नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। देउवाले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको बताए।
उनले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताए। नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको उनको भनाई थियो।
सभापति देउवाले भने, ‘०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको हो। यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुन्छ। यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवहरुले सावित गरिसकेको छ।’
सभापति देउवाले मुलुकका सबै समस्याहरुको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए। जातीय भेदभाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको स्पष्ट पारे।
Shares

प्रतिक्रिया