राजनीति


सबैलाई नागरिकता दिने भएपछि दण्ड जरिवानामा कडाइ गर्नुपर्छ : मन्त्री राई

सबैलाई नागरिकता दिने भएपछि दण्ड जरिवानामा कडाइ गर्नुपर्छ : मन्त्री राई

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:५४, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको उल्लेख गरे।

‘हाम्रो देशमा नागरिकता सम्बन्धमा विभिन्न गतिविधिहरु हुनसक्छन्, अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेण्टमा टाइट गर्ने र जरिबाना र दण्ड कडा गर्नुपर्छ,’ राईले भने, ‘जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी गर्‍यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो त्यो गर्नैपर्छ। वडा अध्यक्षले फर्जी मान्छेको नागरिकता सिफारिस गर्‍यो भने उसले राजनीति गर्न नपाउनेदेखि के-के निषेध गर्ने हो। यो कर्मचारी र जनप्रतिनिधिलाई पनि गर्नुपर्छ। त्यो जन्मदर्ता गर्दाखेरि सचिवलाई आशंका भयो भने वडा सदस्यहरु त जम्मै वडामा हुन्छन्। वडा सदस्यहरुलाई बोलाएर रोहबरमा राखेर दिनुपर्छ। अब सिफारिस गर्ने र सनाखत गर्ने कुरामा कडाइ गर्नुपर्छ।’

नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको उनको भनाई छ।

रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad