राजनीति


संसद्को अवरोध हटाउन सभामुख सक्रिय, विपक्षी दलसँग छलफल जारी

संसद्को अवरोध हटाउन सभामुख सक्रिय,  विपक्षी दलसँग छलफल जारी

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:५६, काठमाडौँ

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। उनले अहिले संसद् भवनमै विपक्षी तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।  

छलफलमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र एकीकृत समाजवादीका नेता सहभागी छन्।  

तीन नेतासँग छलफल सकेपछि सभामुखले सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको आरोप विपक्षीहरूको छ। विपक्षीहरूले लेखकले राजीनामा दिनुपर्ने बटमलाइन बनाएका छन्। 

उनीहरूले यस प्रकरणमा  गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad