राजनीति


शंकर पोखरेल भन्छन्: एमाले नेता-कार्यकर्ताका ‘झोला’मा छन् यी ७ कुरा

शंकर पोखरेल भन्छन्: एमाले नेता-कार्यकर्ताका ‘झोला’मा छन् यी ७ कुरा

फाइल तस्बिर: एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:४०, काठमाडौँ

सत्तारुढ नेकपा एमालेमा अहिले ‘झोले’ अभियान चर्चामा छ।

सुरुमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झोले हुँ भनेर उद्घोष गरेयता शीर्ष नेतादेखि भुइँतहका कार्यकर्तासम्मले ‘म झोले हो’ पोस्टरमा आफूलाई सजाउँदै सामाजिक सञ्जाल रंगाइरहेका छन्। 

यस क्रममा अहिले ‘झोले’का विषयमा व्यापक मात्रामा बहस भइरहेको छ। 

यसै क्रममा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेका नेता र कार्यकर्ताका झोलामा के छ भन्नेहरूलाई जवाफ दिएका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत एमाले नेता तथा कार्यकताका झोलामा रहेका कुरा ७ बुँदामा उल्लेख गरेका छन्।

ती हुन्:

१. मार्क्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता

४. असंलग्नता र पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको हितकेन्द्रित सन्तुलित परराष्ट्र नीति

५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता

६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad