नेपालमा रहेका अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको भन्दै अष्ट्रेलियाकी विदेश तथा महिला मन्त्री मरिज पिनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिएकी छन्।
कोरोना (कोभिड–१९) को संक्रमणका कारण नेपालमा लकडाउन सुरु भएपछि यहिँ रोकिएका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिकलाई काठमाडौंस्थित अष्ट्रेलियाको दूतावासको संयोजनमा गतसाता स्वदेश फिर्ता गरिएको थियो।
‘अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई गतसाता काठमाडौंबाट घर फिर्ता गर्नका लागि उहाँले गरेको बलियो साथका लागि आज नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिएँ,’ उनले सोमबार ट्विटमार्फत् भनेकी छन्।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सशक्त बन्दै गएको उनले बताएकी छन्।
नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई नेपालका लागि अस्ट्रेलियन दूतावासको संयोजनमा चैत १९ गते जहाज चार्टर गरी स्वदेश फिर्ता गरिएको थियो।
नेपाल एयरलाइन्सको वाइड वडी जहाज चार्टर गरी २ सय ५७ जना नेपालबाट उडेका हुन्। तीमध्ये ३० जना न्युजिल्यान्डका नागरिक रहेको नागरिक उड्ययन प्राधिकरणले बताएको छ।
याे पनि: यसरी उडे अस्ट्रेलियनहरु
फोन संवादका अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियाका समकक्षी मरिज पिनलाई त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्न आग्रह गरेका थिए।
अष्ट्रेलियामा बढ्दै गएको कोरोन भाइरस (कोभिड १९) को संक्रमणको सन्दर्भमा त्यहाँ रहेका विद्यार्थीसहित सम्पुर्ण नेपाली नागरिकको सामाजिक सुरक्षाको लागि आग्रह गरेका हुन्।
सोमबार मन्त्री ज्ञवालीले मरिज पिनलाई टेलिफोन गरेर उक्त आग्रह गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
याे पनि: अष्ट्रेलियाका समकक्षीलाई फोन गरेर परराष्ट्रमन्त्रीले गरे नेपालीको सुरक्षा गर्न आग्रह
यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाको भ्रमणमा रहेका मानिसहरु र आफ्नै कमाईले टिक्न नसक्ने विद्यार्थीहरुलाई आआफ्नै घर फर्कने बेला भएको बताएपछि त्यहाँ रहेका हजारौं नेपाली विद्यार्थीमा अन्यौल बढेको छ।
याे पनि: भिसाधारीलाई अष्ट्रेलियन प्रधानमन्त्रीको आग्रहः आफ्नै मुलुक फर्क
Today I thanked Nepal’s Foreign Minister @PradeepGyawaliK for his strong support in helping Australians and New Zealanders return home from Kathmandu last week. The friendship between ?? and ?? is going from strength to strength. @AusAmbNP @MofaNepal
— Marise Payne (@MarisePayne) April 6, 2020

प्रतिक्रिया