कारोबार


नेपाल लाइफद्वारा एक करोड रुपैयाँ हस्तान्तरण

नेपाल लाइफद्वारा एक करोड रुपैयाँ हस्तान्तरण

नेपालखबर
चैत २४, २०७६ सोमबार १२:५,

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

नेपाल लाइफको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसार कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सो रकमको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई आज हस्तान्तरण गरिएको हो। नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले चेक हस्तान्तरण गरे।

सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए। यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad