राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ नेताको सदस्यता खारेज गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकले राजेश तिम्सिना र कमलबाबु मैनालीको सदस्यता खारिज गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
पार्टीको अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा उनीहरू निकालामा परेका हुन्।
यसअघि उनीहरू निलम्बित थिए।
तिम्सिना रास्वपाका कोसी प्रदेश सभापति थिए। कमलबाबु मैनाली २०७९ को निर्वाचनामा सुनसरी-३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।
अब यो निर्णय केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गरिनेछ।
रास्वपा कोसी सभापतिलाई निलम्बनको पत्र, यस्तो छ कारण
कोसी रास्वपामा गुटबन्दी छताछुल्ल, मुकुल ढकाल पक्षलाई सक्ने संस्थापनको रणनीति
2.7k
Shares

प्रतिक्रिया