राजनीति


अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि थप्ने तयारीमा कांग्रेस

अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि थप्ने तयारीमा कांग्रेस

नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:१६, काठमाडौँ

नेपाली कांग्रेसले समयमै अधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप्ने तयारी गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा म्याद सकिएका भ्रातृ संस्थाको म्याद थप्नेबारे छलफल भएको हो।  

नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थालाई अधिवेशन सम्पन्न गर्न गत चैत मसान्तसम्मको म्याद दिइएको थियो। तर अधिकांश भ्रातृ संस्थाले न अधिवेशन हुन सक्यो न अधिवेशनको तयारी नै गर्न सके। 
 
प्रवक्ता डा प्रकाशशरण महतका अनुसार भ्रातृ संस्थाबारे निर्देशन समितिसँग छलफल गरेर आगामी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट ठोस निर्णय लिइनेछ।  

कांग्रेसका १३ भ्रातृ संस्थालाई चैत मसान्तभित्र महाधिवेशन गर्न म्याद तोकिए पनि ५ वटा भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गरे। महाधिवेशन गर्न नसक्ने  संस्थालाई पार्टीले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो। नेविसंघलगायतले तीन महिना समय दिने हो भने महाधिवेशन गर्न सकिने प्रतिवेदन दिएका थिए।

नेविसंघ, तरूण दल, महिला संघ, किसान संघलगायत भ्रातृ संस्थाहरूको कांग्रेसले नियमित महाधिवेशन गर्न सकेको छैन भने तदर्थ समिति गठनको भरमा चल्दै आइरहेको छ। 

अहिलेकै तदर्थ समितिलाई निरन्तरता दिने कि नयाँ तदर्थ समिति गठन गरी महाधिवेशन गर्न समय दिने भन्नेमा कांग्रेसभित्र बहस हुँदै आएको थियो। यसबारे आगामी केन्द्रीय समिति बैठक निर्णायक रहेको नेताहरू बताउँछन्। 

तर, सभापति देउवाले अहिलेकै तदर्थ समितिलाई अन्तिमपटक म्याद दिएर अधिवेशन गराउने प्रस्ताव बैठकमा गरेको बताइएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad