राजनीति


प्रचण्डले मात्रै ल्याएको गणतन्त्र भन्छन्, त्यो सही होइन : प्रचण्ड

प्रचण्डले मात्रै ल्याएको गणतन्त्र भन्छन्, त्यो सही होइन : प्रचण्ड

नेपालखबर
जेठ १८, २०८२ आइतबार १६:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई भ्रम दिन गणतन्त्र माओवादी र प्रचण्डको मात्रै हो भनिए पनि त्यो सही नभएको बताएका छन्। आइतबार काठमाडौँमा वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यसो भनेर जनतामा भ्रम छर्न खोजिएको उल्लेख गरे।

प्रचण्डले भने, ‘तपाईंहरुले सुन्नु भएको होला, अहिले कथित राजावादीहरुले जो बितन्डा गर्दै छन्– उनीहरुले यो गणतन्त्र माओवादीको मात्रै हो, माओवादीको बलमा मात्रै आएको हो, अरुको होइन, अझ तिखारेर भन्दा प्रचण्डले ल्याएको गणतन्त्र हो यो। बेकारमा कांग्रेस, एमालेले आफू पनि गणतन्त्रवादी भन्छन्, भ्रममा बसेका छन् भन्ने प्रचार तपाईंहरुले पक्कै सुन्नु भएको होला।’

गणतन्त्र आउनुमा माओवादीको निर्णायक भूमिका भए पनि यो सबैको गणतन्त्र भएको उनको भनाइ छ। ‘झट्ट हेर्दा त हामीलाई माओवादीको मात्रै रहेछ, यो गणतन्त्र भन्दा अलिकति मज्जा पनि लाग्नसक्छ,’ प्रचण्डले भने, ‘तर, मेरो विचारमा त्यो सही होइन। यो गणतन्त्र आम नेपाली जनताको गणतन्त्र हो। सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायको गणतन्त्र हो। सबैले लडेर ल्याएको गणतन्त्र हो।’

उनले थपे, ‘यो गणतन्त्रलाई पछिल्लो चरणमा अन्य राजनीतिक दलहरुले पनि सर्मथन गरेको हो। पक्कै पनि त्यसमा माओवादी प्रमुख र निर्णायक थियो नै। त्यो इतिहास कसैले नकार्न सक्दैन।’ 

माओवादीलाई एक्लो पार्न यस्तो भन्ने गरिएको प्रचण्डको भनाइ छ। ‘तर, यो हामीलाई एक्ल्याउने, माओवादीलाई एक्लो पार्ने, प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम दिने उदेश्यद्वारा प्रचण्डको गणतन्त्र भनिएको छ। यो प्रचण्डको गणतन्त्र होइन। नेपाली जनताको गणतन्त्र हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad