राजनीति


अफतालब आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध न्याय परिषद्‌मा उजुरी

अफतालब आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध न्याय परिषद्‌मा उजुरी

बुधबार नख्खु कारागारबाट बाहिरिँदै आलम।


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १५:२५, काठमाडौँ

रौतहटमा बम बिस्‍फोट पछि इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ।  

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध युवराज पौडेल (युवराज सफल)ले उजुरी दिएका हुन्।  

गत बुधबार थारू र महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो। लगत्तै आलम ललितपुरस्थित नख्खु कारागार मुक्त भएका थिए। 

आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्। जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैला गरेको थियो।

उजुरीमा न्यायाधीशद्वय पदमा रहँदा न्याय सम्पादन नै प्रभावित हुने दाबी गरिएको छ। उनीहरूलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न माग गरिएको रिटमा उनीहरूको विगतको फैसला पनि अध्ययन गर्न भनिएको छ।
       
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad