राजनीति


नेपाल प्रहरीका ११ डीआईजी बढुवा, कसले कहाँ पाए जिम्मेवारी? (सूची)

नेपाल प्रहरीका ११ डीआईजी बढुवा, कसले कहाँ पाए जिम्मेवारी? (सूची)

डीआईजीइ विनोद घिमिरे


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १५:३७, काठमाडौँ

नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जानकारी दिएको छ। 

बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजीमा बढुवा भएका सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो। 

विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ। दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन्। 

माधव प्रसाद श्रेष्ठले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। तीन महिनादेखि कर्णाली प्रदेश डीआईजीबिहिन भएको थियो। 
दिलिप सिंह देउवा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्। 

ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजिव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्। उनको दरबन्दी साइबर ब्युरोमा भएपनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो।

हेर्नुहोस् सूची 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad