गृहमन्त्री रमेश लेखकले ‘कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा गर्ने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएला?’ भनी प्रश्न गरेका छन्।
भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा मागिएपछि बुधबार पत्रकार सम्मेलन गरी लेखकले यस्तो धारणा राखेका हुन्।
‘म विरुद्ध हुँदै नभएको काम पनि यसले गरिहाल्यो भनेर प्रचार गर्ने काम भएको छ। जुन ढंगले उठाइँदैछ’ उनले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा गर्ने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएला?’
उनले थपे, ‘अख्तियारले कति राष्ट्रसेवकमाथि अनुसन्धान गरिरहेको छ। ती सबै भएका मन्त्रीले राजीनामा दिनुपर्ने हो? सञ्चारमाध्यम वा कतै कुरा उठ्ला कुरा उठ्दैमा राजीनामा दिने हो? त्यसैले यो थिति नबसालौँ भन्ने मेरो कुरा हो।’
54
Shares

प्रतिक्रिया