राजनीति


राप्रपाका ३ सांसदका अंगरक्षक फिर्ता, कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ: शाही

राप्रपाका ३ सांसदका अंगरक्षक फिर्ता, कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ: शाही

नेपालखबर
जेठ १४, २०८२ बुधबार १४:२९, काठमाडौँ

सरकारले राप्रपाका तीन सांसदका अंगरक्षक फिर्ता फिर्ता बोलाएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहका अंगरक्षक (पीएसओ) लाई सरकारले फिर्ता बोलाएको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले अंगरक्षक खोसिएको जानकारी दिँदै कुनै घटना भए त्यसको जिम्मेवार प्रधानमन्त्री हुने बताएका हुन्।

संविधान र कानुन उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप पनि उनले लगाए।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा हुने दाबी पनि गरे। उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad