राजनीति


राष्ट्रियसभा बैठक : स्थानीय तहको संख्या घटाएर ५५३ बनाउन सुझाव

राष्ट्रियसभा बैठक : स्थानीय तहको संख्या घटाएर ५५३ बनाउन सुझाव

नेपालखबर
जेठ १४, २०८२ बुधबार १४:३४, काठमाडौँ

राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको सङ्ख्या घटाउन माग गरेकी छिन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा उनले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न सुझाव दिइन्। 

बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन्। उनले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताइन्।

‘संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ। तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ’, कोइरालाले  भनिन्, ‘ती मौलिक हकको कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू छन्। तर ती ऐनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। मौलिक हक कार्यान्वयनका लागि बनेका यी ऐन र नियमवालीको विषयमा अध्यायन गर्न आवश्यक छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad