राजनीति


संसद् सञ्चालनमा जुटेन सहमति, सूचना टाँसेर साढे २ बजेसम्म स्थगित

संसद् सञ्चालनमा जुटेन सहमति, सूचना टाँसेर साढे २ बजेसम्म स्थगित

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १४:६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक २:३० बजेसम्मका लागि स्थगित भएको छ।

यसअघि बैठक सुरु भएलगत्तै विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। तर, दलहरूबीच सहमति नजुट्दा संसद् सचिवालयले २:३० सम्म बैठक स्थगित भएको सूचना टाँस गरेको हो।  

बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन्। दुई घण्टादेखि जारी छलफलमा सहमति भने नजुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

'हामी छलफलमै छौँ। बैठक सञ्चालनको वातावरण बनाउने विषयमा कुरा भइरहेको छ' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad