सुदूरपश्चिम


बाजुरा जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत, टेलिकमका ३ कर्मचारीको मृत्यु

बाजुरा जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत, टेलिकमका ३ कर्मचारीको मृत्यु

गोकुल जोशी
जेठ १३, २०८२ मंगलबार १४:१४, कञ्चनपुर

बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटनाका मृतक र घाइते पहिचान खुलेको छ। 

दुुर्घटनामा मृत्यु भएका नेपाल टेलिकल मार्तडी कार्यालयका प्राविधिक सहायक अधिकृत कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ४८ वर्षीय  लोक बहादुर खड्कासहित तीन जना र अन्य दुई घाइतेको पहिचान खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका ७ धमकनेका ३५ वर्षीय रविन्द्र धामी र कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५७ वर्षीय करनसिंह महतरा रहेका छन्। 

धामी नेपाल टेलिकम कालाजागरामा सुरक्षा गार्ड र महतरा नेपाल टेलिकम प्रदेश निर्देशनालय अत्तरियामा चालकको रुपमा कार्यरत थिए। 

दुर्घटनामा बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीय नन्दराम तिरुवा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको छ।

एम्बुलेन्समा राखेर उनीहरुलाई उपचारको लागि अहिले कोल्टी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए। 

जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटनामा परेको हो। टावर मर्मतका लागि कैलालीको अत्तरियाबाट आएको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad