राजनीति


गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ: प्रचण्ड

गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ: प्रचण्ड

नेपालखबर
जेठ १३, २०८२ मंगलबार ११:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था आएको बताएका छन्। 

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा राखेका हुन्। 

यो सामान्य विषय छैन। यो विषयलाई गम्भीर रूपमा उठाउँछौँ। विपक्षी दलहरूबीच छलफल चलिरहेको छ। कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाचाहिँ आउँछ’, उनले भने।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो।

गृहमन्त्रीकै पार्टी कांग्रेसका कतिपय नेताले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्। तर सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनले राजीनामा दिनु नपर्ने जिकिर गरेको छ।  

गृहमन्त्री लेखक स्वयंले भने पार्टीलाई अप्ठेरो पर्ने अवस्था भए आफू राजीनामा दिन तयार रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad