राजनीति


बेइजिङमा पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन– एसियालाई अब शान्तिको प्रवक्ता बनाउनुपर्छ

बेइजिङमा पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन– एसियालाई अब शान्तिको प्रवक्ता बनाउनुपर्छ

नेपालखबर
जेठ १२, २०८२ सोमबार १४:१, काठमाडौँ

चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेकी छिन्। 

सोमबार बेइजिङमा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई  सम्बोधन गर्दै उनले नेपालका दल र चिनियाँ कम्युनिस्ट पार्टीबीच नीति संवादका लागि संस्थागत संरचना बनाउनुपर्नेमा जोड दिइन्।

त्यस्तै युवा नेताहरूबीच आदान–प्रदान बढाउनुपर्ने, क्षेत्रीय शान्ति र स्थायित्वमा दलहरूको भूमिका खोजिनुपर्नेमा पनि भण्डारीको जोड थियो। एसियालाई अब शान्तिको प्रवक्ता बनाउनुपर्ने मत समेत उनले राखेकी थिइन्।

भण्डारीको भनाइ थियो–एसियालाई अब शान्तिको प्रवक्ता, आपसी सहयोगको केन्द्र र विकासको इन्जिन बनाउनुपर्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पनि सम्बोधन गरेको कार्यक्रममा भण्डारीले नेकपा एमाले र सिपिसीबीच विचार, व्यवहार र रणनीतिक सम्बन्ध रहेको भनाइ राखेकी थिइन्।

कार्यक्रममा उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको समेत चर्चा गरेकी थिइन्।

भण्डारी नेतृत्वको १० दिने भ्रमण टोलीमा  एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad