नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्। सोमबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न र राजावादीहरूको प्रदर्शनलाई प्रतिकार गर्न निर्देशन दिएका थिए।
498
Shares

प्रतिक्रिया