राजनीति


प्रधानमन्त्री ओलीलाई जेठ १५ गते काठमाडौँमा एक्लै हिँडेर देखाउन राजावादी समितिको चुनौती

प्रधानमन्त्री ओलीलाई जेठ १५ गते काठमाडौँमा एक्लै हिँडेर देखाउन राजावादी समितिको चुनौती

फाइल तस्बिर: प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
जेठ १२, २०८२ सोमबार १०:६, काठमाडौँ

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गते काठमाडौँको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन कार्यकर्तालाई निर्देशन दिएपछि राजावदीहरूको समितिले उनलाई ज्ञानेन्द्र शाहजस्तै सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको हो। 

समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राजधानी (काठमाडौँ) कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ। त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ। राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजासरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूहबिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौती दिन चाहन्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad