राजनीति


‘काठमाडौँ नियन्त्रणमा लिने’ प्रधानमन्त्रीको भनाइ पदीय मर्यादा विपरित: कमल थापा

‘काठमाडौँ नियन्त्रणमा लिने’ प्रधानमन्त्रीको भनाइ पदीय मर्यादा विपरित: कमल थापा

नेपालखबर
जेठ ११, २०८२ आइतबार २०:४९, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘जेठ १५ गते काठमाडौँ नियन्त्रणमा लिन’ प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्ति पदीय मर्यादा विपरित भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्रीको भनाईलाई ‘नोटिसमा लिन’ अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार आयोगसँग आग्रह गरेका छन्।

‘जेठ १५ गते ‘काठमाडौँ नियन्त्रणमा लिन’ कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरीमा र जिम्मेवारी विपरीत छ। संविधान र लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ’ थापाले लेखेका छन्, ‘राजनीतिक दलहरू, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति ‘नोटिस’मा लिनेछन्।’

राजावादीहरूले यही जेठ १५ गते देखि अनिश्चितकालीन आन्दोलन घोषणा गर्ने बताएका छन्।

राजावादी आन्दोलनलाई प्रतिवाद गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘निर्देशन पछि आउँछ। तपाईंहरु जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्,’ उनको भनाइ छ, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्।’

ओलीले पोखरामा आयोजित कार्यक्रममा भनेका थिए, ‘आन्दोलनमा प्रोटोकल, स्रोटोकलको कुरा हुँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad