नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप संकलन दर र बैंक दरलाई यथावत् राखेको छ।
पछिल्लो मौद्रिक समीक्षामा केन्द्रीय बैंकले तीनवटै दरलाई यथावत् राखेको हो।
यसअनुसार नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ।
त्यसैगरी विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई पनि यथावत् राखिएको छ। वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गर्ने भएको छ।
33
Shares

प्रतिक्रिया