राजनीति


राप्रपा, नेपालका महामन्त्री भन्छन्: राजावादीको आन्दोलन भाँड्न प्रधानमन्त्री नै लागे

राप्रपा, नेपालका महामन्त्री भन्छन्: राजावादीको आन्दोलन भाँड्न प्रधानमन्त्री नै लागे

नेपालखबर
जेठ ११, २०८२ आइतबार १८:३९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजाराम बर्तौलाले जेठ १५ को हुने राजावादीको प्रदर्शन भाँड्न प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएको आरोप लगाएका छन्। 

बर्तौलाले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीको अभिव्यक्तिहरूले राजावादीको प्रदर्शन रोक्न खोजेको स्पष्ट भएको बताएका हुन्। 

'जेठ१५को कार्यक्रमलाई भाँड्न अनि भड्काउन प्रधानमन्त्री आफैँ उद्दत भएको उहाँको पछिल्लो अभिव्यक्तिबाट स्पष्ट भएको छ। प्रमकोअभिव्यक्ति अशोभनीय मात्र होइन, अलोकतान्त्रिक, सर्वसत्तावादीसँगै भर्त्सनायोग्य छ,' उनले भनेका छन्, 'खबरदार,जनताको आवाजलाई रोक्ने दुस्साहस नगरियोस्। जेठ१५को आन्दोलन शान्तिपूर्ण हुनेछ।'

प्रधानमन्त्री ओलीले आज राजावादीको आन्दोलनको प्रतिकार गर्न पार्टी कमिटी र मातहतका निकायलाई निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad