राजनीति


कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली

नेपालखबर
जेठ ११, २०८२ आइतबार १४:२९, ललितपुर

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आफ्नो लगानी छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हल्ला फिँजाएको आरोप लगाएका छन्। 

नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले प्रचण्डको हल्लाको पछि माधव नेपाल र झलनाथ खनालहरु लागेको टिप्पणी गरे।  ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो,’ ओलीको भनाइ छ, ‘त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’

उनले माधव नेपाल पार्टी नेतृत्वमा हुँदा प्रभावकारीरुपमा चलाउन नसकेको समेत आरोप लगाए। ‘माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन्,’ ओलीको भनाइ छ, ‘पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे। हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अकांक्षा साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरुलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad