राजनीति


रमेश लेखकलाई चन्द्र भण्डारीको कटाक्ष: बाघ बन्ने चाहना राख्नेले मुसा खाने इच्छा त्याग्नुपर्छ

रमेश लेखकलाई चन्द्र भण्डारीको कटाक्ष: बाघ बन्ने चाहना राख्नेले मुसा खाने इच्छा त्याग्नुपर्छ

सांसद चन्द्र भण्डारी र रमेश लेखक


नेपालखबर
जेठ ११, २०८२ आइतबार १३:५७, काठमाडौँ

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई उनकै पार्टी कांग्रेसका नेताहरूले पदबाट राजीनामा दिन दबाब दिइरहेका छन्। 

यसैबीच प्रतिनिधि सभा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि घुमाउरो तरिकाले गृहमन्त्री लेखकलाई कटाक्ष गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अफ्रिकन भनाइअनुसार ‘बाघ बन्ने चाहना राख्नेहरूले मुसा खाने इच्छा त्याग्नुपर्दछ।’

यसअघि कांग्रेस नेता डा शेखर कोइरालाले पनि गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका थिए। 

त्यसो त गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गराई आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गरिसकेका छन्। 

तर यत्तिका भरमा उनीप्रतिको शंका कसैले हटाउन सकेका छैनन्। 

आजै मात्र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पनि पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै भ्रष्टाचार आरोप लागेका गृहमन्त्री लेखकलाई पदबाट तत्काल बर्खास्त गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad