राजनीति


देउवाको प्रशंसा गर्दै गुरुङले भने- रिस गरेर हुन्छ? पाँचपटक प्रधानमन्त्री बन्नुभयो, अझै बन्न सक्नुहुन्छ

देउवाको प्रशंसा गर्दै गुरुङले भने- रिस गरेर हुन्छ? पाँचपटक प्रधानमन्त्री बन्नुभयो, अझै बन्न सक्नुहुन्छ

नेपालखबर
जेठ १०, २०८२ शनिबार १३:३२, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँचपटक प्रधानमन्त्री बनिसकेका आफ्ना सभापति शेरबहादुर देउवा फेरि पनि बन्न सक्ने बताएका छन्। 

शनिबार काठमाडौँमा नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा उपसभापति गुरुङले राजनीतिमा गरेको दुःख र अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताउँदै आफ्ना सभापति देउवाको उदाहरण दिएका हुन्। 

'हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राका क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन। त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ', उनले भने, 'रिस गरेर हुन्छ, पाँचपटक प्रधानमन्त्री बन्नुभयो। भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ। ६ पटक, सातपटक पनि बन्न सक्नुहुन्छ। त्यो यात्रा हो। त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो।'

तर राजनीतिमा गरेको त्यागको मूल्य खोज्नु भने गलत हुने उनको भनाइ छ। 

'राजनीतिमा त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो। मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो? त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन, उनले भने, राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad