ग्लोबल


पुटिनको दाबी: रुस अझै विश्वका प्रमुख हतियार निर्यातकर्ता देशमध्ये अग्रस्थानमा

पुटिनको दाबी: रुस अझै विश्वका प्रमुख हतियार निर्यातकर्ता देशमध्ये अग्रस्थानमा

नेपालखबर
जेठ १०, २०८२ शनिबार १३:२१, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये अग्रस्थानमा रहेको बताएका छन्।

शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले रुसीी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजार माअझै उल्लेखनीय माग देखिएको दाबी गरेका हुन्। 

उनले भने, ‘रुसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले यो मन्तव्य सैनिक-प्रविधिक सहकार्यसम्बन्धी बैठकमा दिएका हुन्।

टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रुसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धता पूरा गरेको बताए। 

उनले थपे , ‘रुसी सैन्य उत्पादनको माग निकै उच्च रहेको  र हाल अर्बौँ डलर बराबरको अर्डर छ।’

उनले सम्बन्धित सरकारी निकायलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रम अघि बढाउन निर्देशन पनि दिए। 

राष्ट्रपतिले पुटिनले भने, ‘रुसी सैनिक उपकरण तथा हातहतियारूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रुसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।’

यस क्रममा उनले रुसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको र यसले गर्दा निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad