राजनीति


शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताए।

उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताए। राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरे।

सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने उनको भनाई थियो। त्यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

सभापति देउवाले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ। अनौपचारिक क्षेत्रका श्रमिकका निम्ति श्रमिक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ। रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा बुद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ।’

सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा कांग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad