सरकारले आगामी ६ महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने भएको छ। जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको हो।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यो कार्ययोजनाको बुँदा नं. ३९१ मा राष्ट्रिय योजना आयोग नेतृत्वमा यो परिषद् स्थापना गर्ने उल्लेख छ।
परिषद्मा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्यांक कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्वत–समूहबाट सदस्य रहनेछन्। यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख छ।
108
Shares

प्रतिक्रिया